• २०८३ जेष्ठ ५ गते मङ्गलवार

सुर्य हाम्रै हुन्छ, ढुक्क हुनुहोस : उपप्रधानमन्त्री पोखरेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

 

पौष ११, काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री इश्वर पोखरेलले सुर्य चिन्ह मदन भण्डारी र जनताको बहुदलिय जनवादको नासो भएकाले हाम्रै हुनेमा ढुक्क हुन कार्यकर्तालाई बताउनु भएको छ । उहाँले नेपाल कम्युनिष्ट पाटी (नेकपा) क्षेत्र नं. ५ को अगुवा कार्यकर्ता भेलामा नेकपा आधिकारीक हाम्रै हुने तथा सुर्य चिन्ह हाम्रै हुने बताउनु भएको हो ।

नेकपा निर्माण हुदाँ बखत भुण्रदेखि नैे पुष्पकमल दाहाल (प्रचण्ड)लेो बेइमानी गरेको बताउदै उपप्रधानमन्त्री पोखरेलले नेकपा जन्मनुपुर्व नै षड्यन्त्रको जालो बुनिसकेको बताउनु भएको हो । उहाँले संघिय चुनावको सुरुवातमा बैठकबाट नै एक चिन्ह सुर्य लिएर जानेमा सहमती भएकोमा २४ घण्टा नबिर्दै उहाँले धोका दिई चुनाव चिन्ह आ आफ्नो मै लड्ने प्रस्ताव ल्याउनु भएको बताउनु भयो । हामीले सिगों नेकपा बनाउने अभियानमा लागेकाले उहाँको प्रस्ताव स्विकार गरेको बताउनु भयो ।

नेकपा अध्यक्ष केपी ओली बिरामी भएकाले बिरामीको कुनै भर हुन्न भनेर दुनियाको सामु पाँच वर्षका लागि केपी ओली नै प्रधानमन्त्री भनेपनि बिरामी ठिक भएर पुनः काममा फर्किएपछि सत्ता लोभले प्रचण्डले उक्त कदम चालेको बताउनु भयो । चैतमा हुने महाधिवेशन कुर्न नसकेर प्रधानमन्त्री विरुद्ध अविस्वासको प्रस्ताव लैजानु गलत भएको बताउनु भयो । उहाँले कार्यकर्ताहरुलाई चुनावमा लाग्न निर्देशन समेत दिनुभएको छ ।

नेपाल कम्युनिष्ट पाटी (नेकपा) क्षेत्र नं. ५ को अगुवा कार्यकर्ता भेलामा प्रदेश सांसद नेकपा केन्द्रिय सदस्य नारायण सिलवाल, प्रदेश सांसद नेकपा केन्द्रिय सदस्य दिपक निरौलाले समसामाहिक राजनैतिक अवस्थाका बारेमा जानकारी दिनु भएको थियो । कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका तथा केन्द्रिय सदस्य मेयर उद्धव खरेल, टोखा नगरपालिकाका तथा केन्द्रिय सदस्य मेयर प्रकाश अधिकारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम बसुन्धरा स्थित सिमा पाटी प्यालेसमा भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस