• २०८३ बैशाख २६ गते शनिवार

एमाले काठमाडौँ अधिवेशन मूल व्यवस्थापन समितिको बैठक मुलपानीमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ७, काठमाडौँ । नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीको छैटौँ जिल्ला अधिवेशन मूल व्यवस्थापन समितिको बैठक उद्घाटन स्थल मुलपानीमा बस्ने भएको छ। नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा काठमाडौँ कमिटीका अध्यक्ष कृष्ण राईको अध्यक्षतामा बसेको जिल्ला सचिवालयको बैठकले अधिवेशन तयारीका लागि विभिन्न उपसमितिहरू निर्माण गर्दै मूल व्यवस्थापन समितिको बैठक उद्घाटन स्थल मुलपानीमा बस्ने निर्णय गरेको हो।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मा रहेको मुलपानी क्रिकेट मैदानमा पुस ८ गते ११ बजे बस्ने मूल व्यवस्थापन समितिको बैठकलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्नुहुनेछ ।

काठमाडौँ जिल्ला कमिटीका सदस्यहरू ११ नगर कमिटी र १३८ वटा वडा कमिटीहरूका पदाधिकारीहरूसहित एक हजारभन्दा बढी स्थानीय कमिटीका जिम्मेवार नेताहरू सहभागी हुने बैठकले अधिवेशन केन्द्रित विभिन्न महत्त्वपूर्ण विषयहरूमा छलफल गर्ने जिल्ला सचिव दीपक निरौलाले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस