पुष ८, एजेन्सी। युरोपेली आयोगले ईयूमा आबद्ध देशहरूलाई कोरोनाभाइरसको नयाँ प्रकारलाई लिएर बेलायतसँगको यात्रामा उनीहरूले लगाएको प्रतिबन्ध हटाउन सिफारिस गरेको छ। ईयूका २७ सदस्य राष्ट्रका राजदूतहरूको एउटा बैठकअघि आयोगले पछिल्लो सिफारिस गरेको हो। सदस्य राष्ट्रहरूले त्यो मान्नैपर्ने बाध्यता चाहिँ छैन।
सीमा नियन्त्रणसम्बन्धी आ-आफ्ना नीति अपनाउन स्वतन्त्र भएकोले सदस्य राष्ट्रहरूले आफ्नो कदमलाई निरन्तरता पनि दिन सक्छन्। यसअघि सप्ताहान्ततिर फ्रान्सले यूकेसँग जोडिएका सिमाना बन्द गर्दा दुई देशबीच सामान ओसारपसार गर्ने हजारौँ लरीहरू अलपत्र परे।