• २०८३ जेष्ठ ५ गते मङ्गलवार

दरबारमार्गमा ८ जना जुवाडे पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ३, काठमाडौँ । दरबारमार्गको ‘वान वे एके’ लाउन्जमा जुव खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त, दरबारमार्गले छापा हान्दा प्रकाश लामा, अजय लामा, सुमन घिमिरे, कल्याण कार्की, सूर्य लामा, कमल ज्ञवाली, रञ्जना ढकाल र ओममाया गुरुङलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ५ लाख १८ हजार रुपैयाँसहित चेक र तास बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबै जनालाई जुवा ऐन अनुसार कारबाहीका लागि म्याद गरेर विस्तृत अनुसन्धान थाल्ने तयारी छ । घटनामा थप केही व्यक्ति फरार रहेको बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस