• २०८३ असोज २० गते मङ्गलवार

कर्णाली सरकारका ३२ स्वकीय, एमालेका दुई मन्त्रीले छानेनन् सूचना प्रविधि सहायक

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज २०, काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टीको संयुक्त सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुले स्वकीयसहित ३२ जना कर्मचारीहरु नियुक्त गरेका छन् । सबैन्दा बढी मुख्यमन्त्री मंगलबहादुर शाहीले नियुक्त गर्दा एमालेबाट मन्त्री भएका दुई जना मन्त्रीले भने सूचना÷प्रविधि सहायकमा हालसम्म पनि नियुक्ति दिएका छैनन् । सरकार गठन भएको दुई महिना भन्दा बढी समय भइसक्दा मुख्यमन्त्री शाहीले आफ्नो सचिवालयमा प्रमुख स्वकीय सचिवको रुपमा नरेश स्थापित ‘राकेश’ लाई नियुक्त गरेका छन् । स्वकीय सचिवमा सन्तोष कुमार मल्ललाई नियुक्त गरेका मुख्यमन्त्री शाहीले गणेश कञ्चन भारतीलाई सूचना÷प्रविधि सहायकमा नियुक्ति दिएका हुन । यस्तै, कार्यालय सहयोगीमा कृष्णबहादुर शाही र जसबहादुर विष्टलाई मुख्यमन्त्री शाहीले नियुक्त गरेका छन् ।

यस्तै, आर्थिक मामिला तथा योजना मन्त्री टेकराज पछाईले पाँच जना नियुक्ति गर्न पाउने व्यवस्था भएपनि चार जनालाई मात्रै नियुक्ति दिएका हुन । स्वकीय सचिवमा बिरेन्द्र पछाई, स्वकीय सहायकमा दलबिर रोकाया, हलुका सवारी चालकमा लक्ष्मण रोकाया र कार्यालय सहयोगीमा कमला कुमारी ढकाललाई उनले नियुक्ति दिएका हुन । उनले सूचना प्रविधि सहायकमा कसैलाई पनि नियुक्त गरेका छैनन् । उनि एमालेबाट मन्त्री बनेका हुन ।

एमालेको कोटाबाटै मन्त्री बनेका जलस्रोत तथा उर्जा विकास मन्त्री कलबहादुर हमालले पाँचै जनाको नियुक्ति दिएका छन् । बिनोद बोहोरा स्वकीय सचिव, सन्तोष शाही स्वकीय सहायक, जनक फडेरा सूचना÷प्रविधि सहायक, अनिरुद्र रोकाया हलुकासवारी चालक चक्रबहादुर बुढालाई कार्यालय सहयोगी नियुक्त गरेका हुन ।

साविक नेकपा एस हाल नेकपाबाट मन्त्री बनेकी उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री एवम सरकारका प्रवक्ता कल्याणी खड्काले युवराज वलीलाई स्वकीय सचिव तोकेकी छिन् । उब्जन बुढा स्वकीय सहायक, मुक्ति बुढा सूचना÷प्रविधि सहायक र हरिचन्द्र थापा हलुका सवारी चालक र वन्दना खड्कालाई कार्यालय सहयोगीमा उनले नियुक्ति दिएका हुन ।

नेपाली कम्युनिष्ट पार्टीको कोटाबाट मन्त्री बनेकी भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मिलन खड्काले नविन ओलीलाई स्वीकय सचिव नियुक्त गरेकी छिन् । हंसबहादुर खड्का स्वकीय सहायक, बलबहादुर ओली सूचना प्रविधि सहायक तोकिँदा सपना ओली भने कार्यालय सहयोगीको रुपमा सचिवालयमा कार्यरत छिन् ।

एमालेको कोटाबाट मन्त्री बनेका सामाजिक विकास मन्त्री जीतबहादुर मल्लले चन्द्रप्रकाश मल्ललाई स्वकीय सचिव नियुक्त गरेका छन् । स्वकीय सहायकमा सर्जन बराल, हलुका सवारी चालकमा चित्र बहादुर बिटालु र कार्यालय सहयोगीमा अमृता रावललाई उनले नियुक्त गरेका हुन ।

नेकपाको कोटाबाट मन्त्री बनेकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जुम्कित लामाले दिपेन्द्र शर्मालाई स्वकीय सचिव नियुक्त गरेकी छिन् । उनले स्वकीय सहायकमा नेत्र महतारा, सूचना प्रविधि सहायकमा अनप्रसाद अधिकारी र कार्यालय सहयोगीमा लछु भण्डारीलाई निुक्ति दिएकी हुन ।

Sharing

प्रतिक्रिया दिनुहोस