पुष २, काठमाडौं। कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा सवारी साधनमा लगाइएको जोररबिजोर प्रणाली हटाइने भएको छ ।
उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयहरू काठमाडौं, भक्तपुर र ललितपुरले शुक्रबार ९ पुस ३ गते देखि लागू हुनेगरी सवारी साधनमा लगाइएको जोररबिजोर प्रणाली हटाउने निर्णय गरेका हुन् । तीन वटै जिल्ला प्रशासन कार्यालयहरूले संयुक्त निर्णय गर्दै निजी तथा सार्वजनिक सवारीमा लगाइएको जोररबिजोर प्रणाली भोलिदेखि लागू हुनेगरी हटाएका हुन् ।
गत वर्षको चैत ११ गतेदेखि लकडाउन घोषणाा गरिएको थियो, भने त्यसको चार महिनापछि लकडाउन हटाइएको थियो । तर, कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सवारी साधनमा लागू गरिएको जोररविजोर प्रणाली भने कायमै थियो ।
जोर -विजोर प्रणाली हटाउने निर्णयसँगै सर्वसाधारण यात्रुहरुले सहज यात्रा गर्न पाउने विश्वास लिइएको छ ।