• २०८३ जेष्ठ ६ गते बुधवार

पर्साबाट ५२ किलो चाँदी बरामद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १, काठमाडौं । पर्सा प्रहीले राजश्व छलेर भारतबाट ल्याइएको ६५ किलो चाँदी प्रहरीले बरामद गरेको छ। पर्सा प्रहीले वीरगन्ज महानगरपालिका(६ की सुनिता कुमारी सरार्फको घरबाट मंगलबार ६५ किलो चाँदी बरामद गरेको हो।

पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तका अनुसार सुनिता कुमारी सरार्फको नाममा दर्ता रहेको में जय नरसिंह ज्वेलर्सको पछाडिको कोठामा भण्डारण गरिराखेको अवस्थामा चाँदी बरामद गरिएको हो । उनको घरको तलासी लिँदा कोठाको फल्स वालभित्र चाँदी भेटिएको हो । चाँदीको मूल्य करिब ५२ लाख रुपैयाँ छ।

बरामद चाँदी राजश्व कार्यालयमा पठाउने तयारी भइरहेको पर्सा प्रहरी प्रमुख एसपी पन्तले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस