• २०८३ जेष्ठ ४ गते सोमवार

बालसुधार केन्द्रका कैदीबन्दी फरार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १९, डोटी। जिल्लाको बालसुधार केन्द्रमा पुर्पक्षका लागि राखिएका बझाङका १६ वर्षीय राजेन्द्र बोहरा गए राति फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयका अनुसार बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि गरेको हत्या अभियोगमा पक्राउ परी उमेर कम भएका कारण पुर्पक्षका लागि उनलाई जिल्ला बालसुधार केन्द्र डोटीमा राखिएको थियो ।

पुर्पक्षका लागि बालसुधार केन्द्रमा राखिएका बोहरालाई केही दिन पहिले कोरोना सङ्क्रमण देखिएपछि बालसुधार केन्द्रबाट जिल्ला अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । आइसोलेसनमा भर्ना भएका बोहरा गए राति ११ बजे बेपत्ता भएको र उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिए पनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेपत्ता भएका बोहराको खोजीका लागि जिल्लाका प्रहरी प्रमुख पाण्डेय, प्रहरी नायब उपरीक्षक मल्ल, निरीक्षक कान्तिराज जोशीसहितको प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

फरार भएका बोहराले सम्झना विकलाई बलात्कार गरी हत्या गर्नुपूर्व मष्टा गाउँपालिकाकै १४ वर्षीया अर्की बालिकालाई पनि जबर्जस्ती करणी गरेका थिए । उक्त करणी घटनालाई गाउँमै मिलापत्र गराउने आठ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस