मंसिर १९, बाँके। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय बाँके र सामुदायिक प्रहरी सेवा केन्द्रको सयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा नेपालगन्ज उपमहानरपालिका उप-मेयर उमा थापा मगरको प्रमुख आतिथ्यता र जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाको अध्यक्षतामा बिहीबार लागुऔषध दुर्ब्यसन निष्तेज महा अभियान अन्र्तगत कार्यक्रम भएको हो ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाको २३ वडाहरुका वडा स्तरीय समितिका संयोजकहरुलाई जिल्ला प्रहरी कार्यालयको सभाहलमा लागुऔषध दुर्ब्यसन निश्तेज महाअभियान २०७७ वडा स्तरीय समितिको काम, कर्तब्य र उदेश्यका बारेमा छलफल एवंम अन्तरक्रिया कार्यक्रम गरिएको बाँके प्रहरी प्रमुख एसपी रानाले जानकारी दिनुभएको छ ।