• २०८३ बैशाख २३ गते बुधवार

एशियन गेम्स क्वालिफायर्स र एसीसी प्रिमियर कप खेल्ने राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २३, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एशियन गेम्स क्वालिफायर्स र एसीसी वुमन्स प्रिमियर कप खेल्ने राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा गरेको छ । क्यानले दुवै प्रतियोगिताका लागि इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको छ ।

नेपाली टिममा इन्दु बर्मा (कप्तान), पूजा महतो (उपकप्तान), बिन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, सिता राना मगर, अनु कठायत, सोनी पाख्रिन, सिमाना केसी, मनीषा उपाध्याय र रुबिना छेत्री ।

त्यस्तै बैकल्पिक खेलाडीहरुमा सावित्री धामी, सोमु बिस्ट, सना प्रवीण र लक्ष्मी साउदलाई राखिएको छ । एशियन गेम्सको क्वालिफायर्स प्रतियोगिता मलेसियामा मे २३ देखि ३१ सम्म हुदै छ भने एसीसी वुमन्स प्रिमियर कप जुन १ देखि १३ सम्म मलेसियामा नै हुदैछ ।

Sharing

प्रतिक्रिया दिनुहोस