• २०८३ जेष्ठ २६ गते मङ्गलवार

प्रधानमन्त्री ओलीलाई सभापति देउवाको फोनपछि रिहा : रामचन्द्र पौडेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मंसिर १८, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तत्काल रिहा गर्न भन्दै सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेका छन् ।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाले लेखाजोखासँग कुरा गर्दै सभापति देउवाले प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेर तत्काल रिहा गर्न आग्रह गरेको बताएका छन् । उनले लेखाजोखासँग भने, “सभापतिज्यूले प्रधानमन्त्री ओलीसँग टेलिफोन गर्नुभएको छ । टेलिफोन गरेर उहाँले तत्काल रिहा नगरे देशभर कांग्रेस कार्यकर्ताहरुले गर्ने प्रतिरोधबाट उत्पन्‍न परिस्थितिको जिम्मा सरकारले लिनुपर्छ ।”

सभापति देउवाले प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेर रिहाको माग गरेलगत्तै वरिष्ठ नेता पौडेललाई तनहुँ प्रशासनले रिहा गरेको छ । बुधबार तनहुँमा पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको थियो । पुल उद्घाटनको विषयलाई लिएर नेकपा र कांग्रेसबीच झडप हुन सक्ने भन्दै बुधबार बिहानैदेखि प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा उल्लंघन गरेको भन्दै वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएका थिए ।

दिउँसो निषेधाज्ञा तोडेर पुल उद्घाटन गर्न पौडेल गएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । सभापति देउवाले प्रधानमन्त्री ओलीसँग वरिष्ठ नेता पौडेललाई नियन्त्रणमा लिनु पर्नाका कारणसमेत सोधेका थियो । तनहुँमा मंगलबार पनि पुल उद्घाटन कार्यक्रम विवादित बनेको थियो । बुधबार पनि पौडेलले अर्को पुल उद्घाटन गर्न लागेपछि नेकपाले विरोध गरेको हो । पौडेलको गरिफ्तारीपछि कांग्रेस नेताहरुले सरकारको सर्वसत्तावाद र सत्ता उन्माद खुलस्त भएको र सरकारविरुद्ध देशव्यापी प्रदर्शन गरिनेसमेत जनाएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस