• २०८३ बैशाख १३ गते आइतवार

छोरालाई एसिड प्रहार गर्ने बाबु पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ७, सोलुखुम्बु । छोरालाई एसिड प्रहार गर्ने बाबु पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलु दुधकुण्ड नगरपालिका ९५ सल्लेरी बस्ने ५० वर्षीय मोहन बराईली रहेका छन् ।

मादक पदार्थ सेवन गरी मोहनले आफ्नै २५ वर्षीय छोरासहित २ जनालाई एसिड प्रहार गर्दा घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीले उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

घाइते दुवै जनालाई जिल्ला अस्पताल फाप्लु हुँदै थप उपचारको लागि बीर अस्पताल काठमाडौं रिफर गरिएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस