• २०८३ जेष्ठ २६ गते मङ्गलवार

सुदूरपश्चिममा काँग्रेसका मन्त्री फेरिए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २६,धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त भएका छन् । उनीहरुले सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरूमा विक्रम सिंह धामी आर्थिक मामिला मन्त्री, बेलबहादुर राना सामाजिक विकास मन्त्री तथा मानबहादुर रावल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन्।

त्यस्तै, जुना दानी आर्थिक मामिला राज्यमन्त्री र मधु भारती सामाजिक विकास राज्यमन्त्री रहेका छन् । यसैबीच, नेकपा एमालेले भने आफ्ना नयाँ मन्त्रीहरू सरकारमा नपठाउने निर्णय गरेको छ । एमालेका अनुसार हाललाई पार्टीको निर्देशनअनुसार नयाँ मन्त्री नियुक्त नगरी पुरानै मन्त्रीहरूलाई यथावत् राख्ने निर्णय गरिएको हो ।

मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेसबाट बलबहादुर सिंह थापा आर्थिक मामिला मन्त्री, मेघराज खड्का सामाजिक विकास मन्त्री, शिवराज भट्ट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, प्रकाश बम आर्थिक मामिला राज्यमन्त्री र सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्रीलाई हटाएर नयाँ मन्त्री बनाएका हुन् । काँग्रेसमा मुख्यमन्त्रीबाट शाहलाई हटाउने तयारी शुरु भएपछि उनले मन्त्री फेरेको बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस