• २०८३ कार्तिक ८ गते शनिवार

बुटवलमा कांग्रेस कार्यकर्ताद्वारा अर्थमन्त्री पौडेल लाई कालोझण्डा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १०, रुपन्देही । अर्थमन्त्री विष्णु पौडेल लाई बुटवलमा कांग्रेस कार्यकर्ताले कालोझण्डा देखाएर विरोध गरेका छन् ।अर्थमन्त्री भएपछि पहिलो पल्ट गृहजिल्ला पुग्नुभएका मन्त्री पौडेल लाई मन्त्री पदसँग लुम्बिनी प्रदेशको राजधानी साटेको आरोप लगाउँदै तरुण दल र नेविसंघका युवाहरुले बिहान कालोझण्डा देखाएका हुन ।

बुटवलमा रहेको प्रदेशको अस्थायी राजधानी दाङ लैजाने प्रस्ताव प्रदेश सरकारले प्रदेश सभामा पेस गर्दा बुटवल क्षेत्रबाट निर्वाचित सांसद भएर पनि पौडेल चुप लागेको भन्दै विरोध हुँदै आएको छ ।

नेकपाका महासचिव समेत रहेका पौडेललाई तिनाउ पुल नजिकै नेपालगञ्ज रोडमा कांग्रेस कार्यकर्ताहरुले कालोझण्डा देखाउँदै विरोध प्रदर्शन गरेका हुन । अर्थमन्त्री पौडेल सैनामैनामा सञ्चालित परियोजनाको अवलोकन गर्न त्यहाँ जानु भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस