• २०८३ बैशाख ४ गते शुक्रवार

दुई जनाको ज्यान जाने गरी भएको प्रहरी दमनको एमालेद्वारा भर्त्सना

खबर24नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पौष १३, काठमाडौं । नेकपा (एमाले)ले रोजगार अनुमति प्रणाली (इपीएस) कोरिया भाषा परीक्षाको विषयलाई लिएर युवाहरूले आज गरेको प्रदर्शनमा भएको प्रहरी हस्तक्षेप, दमन र धरपकडको  भर्त्सना  गरेको छ  । पार्टीको तर्फबाट केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले प्रेस विज्ञप्ति प्रकाशित गरी घटनामा परी मृत्युबरण गर्नुहुनेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

पार्टीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको यथाशीघ्र उपचारको व्यवस्था गर्नका साथै क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

विज्ञप्ति यस प्रकार छः
आज मिति २०८० पुस १३ गते मध्यान्हमा रोजगार अनुमति प्रणाली(इपीस) कोरिया भाषा परीक्षाको विषयलाई लिएर युवाहरूले बालकुमारी क्षेत्रमा प्रदर्शन गरिरहेको अवस्थामा प्रहरी प्रशासनको दमनका क्रममा डोटीका २२ वर्षीय वीरेन्द्र साह र दैलेखका २३ वर्षीय सुजन रावत गरी २ जनाको मृत्यु, दर्जनौं घाइते र पचासौं व्यक्तिहरूको गिरफ्तारीले शान्ति, अमनचैनमा व्यापक खलल पुगेको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । 
घटनामा परी मृत्युवरण गर्नुहुनेप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको यथाशीघ्र उपचारको व्यवस्था गर्नका साथै क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्दछ । प्रदर्शनकारी माथि गरिएको प्रहरी हस्तक्षेप, दमन र धरपकडप्रति  भर्त्सना  गर्दछ । विनाभेदभाव परीक्षामा सामेल हुन पाउनुपर्ने युवाहरूको न्यायोचित मागलाई वार्ताको माध्यमबाट अविलम्ब पुरा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ । साथै प्रदर्शनकारीहरूलाई शान्तिपूर्ण र वैधानिक बाटोबाट समस्याको समाधान खोज्न हार्दिक अपिल गर्दछ ।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस