• २०८३ कार्तिक ८ गते शनिवार

संसद विघटनको मुद्दामा बहस गर्न टाइम कार्ड लागु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १४, काठमाडौँ। संसद विघटनविरुद्ध दायर रिटमा बहस गर्न टाइमकार्ड लागु गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले रिट निवेदकलाई बहस गर्न १० मिनेटको समय तोक्नुभएको हो । वरिष्ठ अधिवक्ताहरुको हकमा भने केही भनिएको छैन । संसद विघटनविरुद्ध संवैधानिक इजलासमा शुक्रबारबाट सुनुवाइ सुरु भएको छ ।

प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध पक्ष र विपक्षमा गरी जम्मा ३० वटा रिटहरु परेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस