मंसिर ८, लमजुङ । लमजुङबाट बिष्फोटक पदार्थ सहित नेपाल कम्युनिष्ट पाटी विप्लव समुहका ६ जना नेता तथा कार्यकर्तालाई लमजुङ प्रहरी पक्राउ गरेको छ । जिल्ला लमजुङ दोर्दी गाउ पालिका वडा नं.८ खिमचोक पाँचस्वारामा नेता तथा कार्यकर्ताहरु भेला जम्मा भई अवान्छनिय गतिबिधीहरु गरी रहेका छन भन्ने बिशेष सुचनाको आधारमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाको कमाण्डमा गएको टोलिले उक्त स्थानमा घेराबन्दी गरी खानतलास गर्दा जिल्ला रोल्पा गंगादेव गाउपालिका वडा नं. २ घर भएका लमजुङ जिल्ला ईन्चार्ज बर्ष ४२ को जंग बहादुर भण्डारी आक्रोस, जिल्ला लमजुङ दोदीं गाउँपालिका वडा नं. ७ घर भएका लमजुङ जिल्ला सेक्रेटरी बर्ष ४६ को बिल बहादुर गुरुङ (गौरव), जिल्ला लमजुङ मध्यनेपाल नगरपालिका वडा नं. ४ घर भएका लमजुङ जिल्ला कमिटि सदस्य बर्ष ६२ को नारायण बहादुर कुँबर, जिल्ला लमजुङ राईनास नगरपालिका वडा नं, ९६ घर भएका लमजुङ जिल्ला कमिटि सदस्य बर्ष ३४ को रबिन्द्र नखोला, जिल्ला लमजुङ दोर्दी गाउँपालिका वडा नं. ७ घर भएका बर्ष २२ को दुर्गालाल तामाङ र जिल्ला लमजुङ मध्यनेपाल नगरपालिका वडा नं. १० घर भएका बर्ष २६ को सुजन थापालाई पक्राउ गरेको हो ।

उनिहरुको साथबाट झोलाभित्र लुकाई छिपाई राखेको बिष्फोटक पदार्थ गन्धक ५०० ग्राम, बारुद ५०० ग्राम, सोडा ९.५ के. जि., सेप्टि फ्यूज ९१.५ मिटर, रोल क्याप लेखिएको पटका ७ रोल, सिसाका छराहरु, उक्त पार्टी सँग सम्बन्धित पोष्टरहरु, नेपाल कम्युनिष्ट पाटिको पर्चा थान९५०, नगद रु ३१,६८५, चन्दा रसिद १, ग १५५ ८१३७ नं. र बा ७४ प ७०८७ नं. को मोटरसाईकल, मोबाईल ८ वटा तथा सिमकार्ड ६ वटा समेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनिहरुलाई बिष्फोटक पदार्थ सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भई रहेको लमजुङ प्रहरीले जनाएको छ ।