• २०८३ कार्तिक २३ गते आइतवार

४३ किलो गाँजासहित एक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ८, मकवानपुर । मकवानपुरमा ४३ किलो गाँजासहित एक जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक विनोद श्रेष्ठको कमान्डमा खटिएको टोलीले कैलाश गाउँपालिका वडा नम्बर ७ का २३ वर्षीय तीर्थराज चेपाङलाई आइतबार राति पक्राउ गरेको हो।

प्रहरी नायब उपरीक्षक रानाका अनुसार चेपाङको साथमा कालो झोला, जेब्रा झोला र प्लास्टिकका बोरा थिए। शंका लागेर प्रहरीले हेर्दा गाँजा फेला पारेको हो। चेपाङलाई मनहरी गाउँपालिका,८ सिम्पानीस्थित पूर्व(पश्चिम लोकमार्गबाट पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस