• २०८३ जेष्ठ १८ गते सोमवार

बिपी प्रतिष्ठानमा दुई कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ८, सुनसरी । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् दुई कोरोना संक्रमितको मृत्यु भएको छ। इलामका २५ वर्षीय युवा र सुन्दरहरैंचा नगरपालिकाका ६७ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिष्ठानका अनुसार इलाम(१ का युवाको उपचारको क्रममा आइतबार राति मृत्यु भएको हो । निमोनियाका बिरामी उनी गत ५ गते बिपीमा भर्ना भएका थिए। यस्तै मोरङको सुन्दरहरैंचा नगरपालिकाका वृद्धको सोमबार बिहान उपचारको क्रममा मृत्यु भएको छ। सुगरका बिरामी उनलाई मंसिर १ गते प्रतिष्ठानमा भर्ना गरिएकोमा सोमबार बिहान उपचारको क्रममा उनको मृत्यु भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस