• २०८३ बैशाख ११ गते शुक्रवार

पाँच वर्षीया बालिका बलात्कार गर्ने पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ७, पर्सा । पर्सा प्रहरीले पाँच वर्षीया बालिका बलात्कार गर्ने पक्राउ गरेको छ । पाँच वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा बिन्दवासिनी गाउँपालिका(४ अमरपट्टीका एक पुरूष शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २६ वर्षीय उमेश ठाकुर छन्। उनले बुधबार साँझ बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेका थिए। नेपाल प्रहरीका अनुसार बालिका बलात्कार गरेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी चौकी अमरपट्टी र ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले ठाकुरलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस