• २०८३ असार ६ गते शनिवार

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना :एकको मृत्यु, दुई गम्भीर घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ७, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। कृष्णपुर–३ वाणी देखतभुली मार्गमा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार स्थानीय रामेश्वरी जोशीको उपचारका क्रममा मृत्यु भएके हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार से१त ९५३३ नम्बरको ट्र्याक्टरले म१प ६७६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तिनै जना घाइते भएक थिए । घाइते जोशीको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक डम्बरदेव जोशीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकलमै सवार १५ वर्षीया ममता जोशीलाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ ।

दुर्घटनालगत्तै त्यहाँ केही समय स्थिति तनावग्रस्त बनेपछि राति नै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले ट्र्याक्टर र चालक शुक्लाफाँटा नगरपालिका–१२ का लक्की रानालाई नियन्त्रणमा लिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस