भदौ १, मुगु । हिमालीजिल्लामुगुमापहिलो पटक पुर्ण रुपमा लकडाउन भएको छ । विश्वमहमारीको रुपमा फैलिरहेको नोवेल कोरोनाभाईरस कोभिड १९ ले विश्व नै आक्रान्तभईरहेको अवस्थामा र छिमेकिजिल्लाजुम्लामापनिदिनप्रतिदिनकोभिड १९ को सक्रमण फैलिरहेको हुदा यस लाई सक्रमण बाट बच्नतथा रोकथामको लागि सदरमुकाम गमगढी बजार पुर्ण रुपमा लकडाउन गरिएको जिल्लाप्रशासनकार्यालय मुगुले जनाएको छ ।
कार्यालयकाअनुसार गत साउन २७गते जिल्ला संकट व्यवस्थापन केन्द्रको बसेको बैठकले गरिएको निर्णय अनुसार महामारी रुपमा फैलिएको कोरोना रोकथामको लागिभाद्र १ गते देखिभदौ १५ गते दुई साता सम्मको लागि पुर्ण रुपमा लकडाउन गरिएको हुदाआजपहिलो दिनविहान १० बजे देखि सदरमुकाम गमगढी बजार पुर्ण रुपमाबन्दभएको प्रमुखजिल्लाअधिकारी कृष्ण कुमार निरौलाले बताए ।
उनकाअनुसार सदरमुकाम गमगढी लगायतजिल्लाकाचार वटै स्थानीयतहमा जमघट भेला एक स्थानीयतह देखि अर्को स्थानीयआवातजावतमा रोक लगाईको छ भने हिन्दु नारीहरुको महान चाड हरितालिकातिजनजिकदै गरि रहेकोले तिजमा भेलाजम्मानहुनका साथै स्थानीय चाडपर्व पैठ गोष्ठि सेमिनार , सभा सम्मेलनलगायतकासम्पुर्ण कार्य बन्दगर्न हुनप्रशासनले पत्रचार गरिएको हुदायदि यस्ता कार्य गरिएको भेटाईम गर्ने गराउने लाई नेपाल सरकारको सक्रमण रोग ऐन २०२० र स्थानीयप्रशासन ऐन २०२८ अनुसार कार्वाहीगरिने समेत गरिने बताएका छन् ।
संकट व्यवस्थापन केन्द्रको साउन २७गतेको बसेको निर्णय लाई कार्यान्यवनगर्न गराउनको लागि स्थानीयमुगालीबासिहरुले सहजै स्वीकारेका छन भने अबग्ज्ञ गर्ने लाई नेपालप्रहरी , सशस्त्रप्रहरी र संकट व्यवस्थापन समितिबजार टोल टोलमा र बस्तिबस्तिहरुमा परिचालनगरिएको जिल्लाप्रहरी कार्यालय मुगुकाप्रहरी नायवउपरिक्षक भुवनेश्वर प्रसाद साहले जनाएका छन् ।