• २०८३ बैशाख १३ गते आइतवार

मोरङमा १६ जना जुवाडे पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

मंसिर ६, मोरङ । मोरङ प्रहरीले रतुवामाई नगरपालिका ८ बाट १६ जना जुवाडेलाई पक्राउ गरेको छ । विशेष सुचनाका आधारमा शुक्रबार राति साढे ११ बजे स्थानीय सागर गड्तौलाको घरमा जुवा तास खेलिरहेकाहरूलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार प्रहरी टोलीले नगद १ लाख ६९ हजार ६९५ सहित उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट कौडा १६ थान, एक बुक तास, मोबाइल १६ थान, मोटरसाइकल १९ वटा र दुई वटा कार बरामद भएको खड्काले बताए। पक्राउ पर्नेमा रतुवामाई नगरपालिका(७ डिल्लीराम चौलागाईं, मोती पौडेल, रामनाथ मैनाली, देवीप्रसाद प्रसाईं, रामनाथ नेपाल, हेमलाल प्रसाईं, नारायण चुँडाल रहेका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस