• २०८२ साउन ४ गते शनिवार

सञ्चार सञ्जाल निगरानीअघि अदालतको अनुमति लिन माग

पढ्न लाग्ने समय : १ मिनेट

पौष , २२ काठमाडौँ । व्यक्तिको सञ्चार सञ्जालको अनुगमन, निगरानी र आवश्यकताअनुसार विषयवस्तु प्राप्त गर्न सक्ने नेपाल विशेष सेवा विधेयकको प्रावधान परिमार्जनका लागि सांसदले संशोधन दर्ता गरेका छन् ।

विधेयकको सैद्धान्तिक छलफलपछि संशोधनको लागि तोकिएको समयसीमामा सत्तारूढ तथा प्रतिपक्षी दलका गरी पाँच संशोधन दर्ता भएका छन् ।

सत्तारूढ र प्रतिपक्षी सांसदले सञ्चार सञ्जालको निगरानीअघि अदालतको अनुमतिको व्यवस्था थप गर्ने संशोधनमा माग गरेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस