• २०८३ बैशाख १९ गते शनिवार

थप २१११ जनामा कोरोना संक्रमण, सक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौँ २८, कार्तिक । थप २१ सय ११ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा २१११ जनामा संक्रमण पुष्टि भएको हो । आजसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार २२ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ३५ सय ३७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख ६८ हजार १ सय २९ जना रहेको छ । आज १३ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १२ सय २ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस