कार्तिक २७, चितवन । चितवनमा पाँच लाख रुपैयाँसहित २४ जुवाडे पक्राउ परेका छन् । भरतपुर महानगरपालिका ५ कैलाशनगरबाट पाँच लाख १७ हजार रुपैयाँसहित २४ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवनपक्राउ पर्नेहरुको साथबाट १६ थान कौडासमेत बरामद गरिएको र उनीहरुलाई जुवा ऐनअन्तर्गत कारबाही गरिने प्रहरीले जनाएको ।