• २०८३ असार ११ गते बिहिवार

दैलेखमा लागुऔषधसहित दुई जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २३, दैलेख । दैलेखको आठविस नगरपालिकाबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको विरेन्द्रनगर नगरपालिका -१३ गुमानटारका दीपेन्द्रकुमार घर्ती र वीरेन्द्रनगर नगरपालिका-३ एरीचोकका आरोशी पुलामी मगर रहेका छन् ।

खानतलासी गर्दा आरोशी पुलामी मगरले साथमा बोकिराखेको झोलाभित्र लागुऔषध भेटिएको थियो । झोलामा रहेको रातो रंगको प्लाष्टिक भित्र प्रिगाम्याक्स ७५ लेखिएको २ पत्तामा १० -१० ट्याब्लेट र १ पत्तामा ४ ट्याब्लेट गरी २४ ट्याब्लेट, स्पासपेन लेखिएको २ पत्तामा १०र१० ट्याब्लेट गरी २० ट्याब्लेट र डि–कफ लेखिएको १ पत्तामा १८ ट्याब्लेट र २० रुपैयाँको नेपाली नोट भित्र सेतो पलाष्टिकमा राखिएको ५ मिलिग्राम लागुऔषध खैरो हिरोईन फेला परेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस