- बिनोद दर्नाल, सुनसरी समाचारदाता
भाद्र ५, सुनसरी । मङ्ग्सिर ६ लाई रिलिज मिती तोकेको फिल्म ‘च च हुई’ को पहिलो आफिसियल गीत रिलिज भएको छ ।

राजनराज शिवाकोटी सङ्गै निर्माता अमृत घोले लामा र श्याम लामिछानेको शब्द ‘सिल्की रहेको ‘सिल्की सिल्की ‘ बोलको गीतमा राजनराज शिवाकोटी र मेलिना राईको स्वर रहेको छ भने यसलाई राजनले नै कम्पोज गरेका छन् । उक्त गीतमा मुख्य कलाकार आर्यन सिग्देल, मिरुना मगर र भोलाराज सापकोटाले कम्मर मर्काएका छन् । शिशिर खातीको कोरियोग्राफी रहेको गीतलाई झन्डै एक साता लगाएर मुस्ताङ्गको छुसाङ्गमा छायाँकन गरिएको हो । गीत मा आर्यन र मिरुनाको जोडी खुवै जमेको छ । रोमान्टिक कमेडी जनरमा तयार भएको यो फिल्मलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । फिल्मलाई साम्तेन भुटियाले निर्देशन तथा सम्पादन गरेका हुन् भने यसमा सुशन प्रजापतिको छायाँकन रहेको छ ।
‘च च हुई’ को पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । फिल्मका गीतमा राजनराज शिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ । यसमा निमा लामाको मेकअप, रेनिश फागोको कलर करेक्सन, श्री श्रेष्ठको द्वन्द, शिशिर खातीको कोरियोग्राफी, सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ । फिल्मलाई उपत्यकामा रिच इन्टरटेनमेन्टका करण श्रेष्ठ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ । फिल्म मङ्सिर ६ अर्थात् नोभेम्बर २२ मा रिलिज हुनेछ । यसमा आर्यन र मिरुनासँगै भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ल लगायतको पनि अभिनय रहेको छ ।