कार्तिक २२, जाजरकोट । जाजरकोटमा लागुऔषध सहित दुई जना पक्राउ परेको छ । प्रहरीले १२ केजी अफिमसहित रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ९, राडीबजारबाट जाजरकोट ८, नलगाडका मालबहादुर सिंह र कालीबहादुर सिंहलाई अफिमसहित पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय आठबीसकोटबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीका आधारमा दुवैलाई शुक्रबार नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ ।