कात्तिक १७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २९३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । महिला ११७६ र पुरुष १७५७ जना गरी २९३३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्ले २४ घण्टामा ३१५० जना निको हुँदा २४ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको छ ।
हाल देशभर कुल संक्रमित १ लाख ७६ हजार ५०० र निको हुनेको संख्या १ लाख ३७ हजार ९९२ जना रहेको छ ।