• २०८३ बैशाख २३ गते बुधवार

परराष्ट्रमन्त्री खनाल र जर्मनीका विशेष दूत ब्रोजबीच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २२, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग जर्मनीका विशेष दूत एक्कार्ड ब्रोजले भेटवार्ता गरेका छन् । मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटका क्रममा नेपाल–जर्मनी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उक्त भेटमा नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्ज तथा जर्मनीको परराष्ट्र कार्यालयअन्तर्गत भारत तथा दक्षिण एशिया महाशाखाका प्रमुख स्टेफेन नोर्बर्ट कोख पनि सहभागी रहेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस