• २०८३ जेष्ठ १६ गते शनिवार
  • khabar24nepal2075@gmail.com
  • हाम्रो टिम
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    कोसी प्रदेशमधेस प्रदेशबाग्मती प्रदेशगण्डकी प्रदेशसुदुरपश्चिम प्रदेशकर्णाली प्रदेश
  • मनोरन्जन
  • अर्थ
  • विचार /ब्लग
  • अन्तवार्ता
  • खेलकुद
  • थप
    शिक्षापत्रपत्रिकाराशिफलस्वास्थ्यकृषिसूचना प्रविधीअन्तराष्ट्रियप्रवासफोटोफिचरभिडियो
भर्खरै चर्चित
इङल्याण्डका पूर्व फुटबलर स्टर्लिङ पक्राउ
झापामा बोरामा भेटियो महिलाको शव
एमालेको संगठन विभाग प्रमुखमा भानुभक्त ढकाल. को को छन् सदस्य ?
च्याम्पियन्स लिगको फाइनल आज आर्सनल र पिएसजी भिड्दै
भारतीय आँपलाई जापानले लगायो प्रतिबन्ध
मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि भ्याट लगाउने सरकारको निर्णयप्रति कुलमान घिसिङको आपत्ति
नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृ’त्यु
कृषी उपज तथा पशु हाटबजार समिति मलेकपुर,सप्तरीका तत्कालीन अध्यक्ष र कोषाध्यक्ष माथि अनियमितताको मुद्धा
प्रहरी प्रधान कार्यालय अनुसार आत्महत्या बढेको बढ्यै, दिनहुँ १५ – १६ आत्महत्याको तथ्यांक
चट्टान खोपेर पहिरो रोक्दै : मुग्लिन सडक
विराटनगरमा ग्यास सिलिण्डर पड्केर एक जनाको मृत्यु
नेपालगन्ज उ.म.न. द्धारा वडाबासीको स्वास्थ्य परीक्षण गरिने
TRENDING
काेराेना कोरोना भाइरस राेल्पा रोल्पा नेपाल प्रहरी नेपालगञ्ज कोरोना राेल्पा रुन्टीगढी संसद विघटन khabar24nepal

सीपयुक्त जनशक्ति नभएसम्म मुलकको विकास हुन सक्दैन

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट
असार ५, ललितपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले सीपयुक्त जनशक्ति नभएसम्म मुलकको विकास हुन नसक्ने धारणा राख्नुभएको छ । राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानले आज यहाँ आयोजना गरेको सरकारी तथा गैरसरकारी निकाय÷संस्थासँग अन्तरक्रिया गोष्ठीमा मन्त्री भण्डारीले मुलुकभित्र सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्न मन्त्रालयले आन्तरिक रोजगार दशक लागू गर्न खोजिरहेको उल्लेख गर्नुभयो ।
“मन्त्रालयले आन्तरिक रोजगारीको सृजना गरेर अगाडि बढ्नेगरी योजना बनाइरहेको छ, बाध्यात्मक वैदेशिक रोजगारीलाई अन्त्य गर्न मन्त्रालय प्रयासरत छ, यसलाई निरुत्साहित गरिनुपर्छ । सूचना प्रविधिको सहयोगमा रोजगारीका अवसर सृजनामा केन्द्रित भएका छौँ”, उहाँले भन्नुभयो । मन्त्री भण्डारीले सरकारले दिएको रोजगारी मात्रै रोजगारी हो भन्ने भ्रमबाट मुक्त हुनुपर्छ भन्दै निजी क्षेत्रले सृजना गर्ने रोजगारी पनि महत्त्वपूर्ण हुने बताउनुभयो । “निजी क्षेत्रसँग सहकार्य र समन्वय गरी मुलकको आर्थिक समृद्धि हासिल गर्ने मार्गमा मन्त्रालय लागिरहेको छ । वैदेशिक रोजगारीमा गएर आएकाको सीप कसरी उपयोग गर्न सकिन्छ भनेर सबै पक्षबीच छलफल र समन्वय गरी योजनाबद्ध रूपमा अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो । श्रममन्त्री भण्डारीले मन्त्रालयको जिम्मेवारी वैदेशिक रोजगारी मात्र नभइ आन्तरिक रोजगारी बढाउने भएकाले मन्त्रालयमा आन्तरिक रोजगार महाशाखा स्थापना गरी काम गरिरहेको जानकारी दिनुभयो । उहाँले श्रम क्षेत्रमा आउने चुनौतीको सामना गर्न, वैदेशिक रोजगारीमा रहेकालाई नेपालमा फर्काएर रोजगारीको वातावरण सृजना गर्न सबै पक्षले जिम्मेवारी र जवाफदेही भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले सम्पदा क्षेत्रमा झिँगटीको छाना छाउने र पुरातात्त्विक महत्त्वका सम्पदा निर्माणमा जनशक्ति कम रहेकाले महानगरले आवश्यकतामा आधारित तालिमलाई जोड दिएको बताउनुभयो । मन्त्रालयका सचिव डा कृष्णहरि पुस्करले राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानले विभिन्न प्रकारका तालिम सुरु गरेको भन्दै राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारको मागअनुसार निजी क्षेत्रसँग सहकार्य गरेर तालिम सञ्चालनसँगै नीतिगत रूपमा सुझाव दिने काम भइरहेको बताउनुभयो । प्रतिष्ठानले वास्तविकतामा आधारित गरेर दक्ष कामदार तयार गर्न सुरुवात भएको उहाँले जानकारी गराउनुभयो । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक मलहोत्राले दक्ष जनशक्तिले मुलुकको विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने भन्दै नेपालमा रोजगारको अवसरको सृजना हुने वातावरण बन्दै गएको धारणा राख्नुभयो । घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले श्रम मन्त्रालयले प्रभावकारी काम गरिरहेको भन्दै दक्ष जनशक्ति निर्माणमा महासङ्घ सहकार्य गर्न तत्पर रहेको बताउनुभयो । पाँच वर्षे रणनीतिक योजनाका बारेमा प्रस्तुतिकरण दिँदै प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिमका विज्ञ डा रामहरि लामिछानेले सीप विकास तथा व्यवसायिक तालिमका क्षेत्रमा ६६ वर्ष लामो इतिहास भएको राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानले राष्ट्रिय तथा अन्तरराष्ट्रिय मागअनुसारको दक्ष जनशक्ति तयार गर्नसक्ने क्षमता रहेको धारणा राख्नुभयो ।
प्रतिष्ठानसँग वैदेशिक रोजगारमा गएर फर्केकालाई पनि तालिम दिनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यकारी निर्देशक रमेशकुमार बखतीले रोजगारदातालाई आवश्यक दक्ष जनशक्ति निर्माणका लागि पाठ्यक्रम निर्माण गरी सोहीअनुसार तालिम दिएर आन्तरिक रोजगारलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
Post Views: 33

Sharing

  • Facebook
  • Twitter
  • LinkedIn
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
इङल्याण्डका पूर्व फुटबलर स्टर्लिङ पक्राउ
झापामा बोरामा भेटियो महिलाको शव
एमालेको संगठन विभाग प्रमुखमा भानुभक्त ढकाल. को को छन् सदस्य ?
च्याम्पियन्स लिगको फाइनल आज आर्सनल र पिएसजी भिड्दै
भारतीय आँपलाई जापानले लगायो प्रतिबन्ध
मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि भ्याट लगाउने सरकारको निर्णयप्रति कुलमान घिसिङको आपत्ति
धेरै पढिएको
१
नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृ’त्यु
२
कृषी उपज तथा पशु हाटबजार समिति मलेकपुर,सप्तरीका तत्कालीन अध्यक्ष र कोषाध्यक्ष माथि अनियमितताको मुद्धा
३
प्रहरी प्रधान कार्यालय अनुसार आत्महत्या बढेको बढ्यै, दिनहुँ १५ – १६ आत्महत्याको तथ्यांक
४
चट्टान खोपेर पहिरो रोक्दै : मुग्लिन सडक
५
विराटनगरमा ग्यास सिलिण्डर पड्केर एक जनाको मृत्यु
६
नेपालगन्ज उ.म.न. द्धारा वडाबासीको स्वास्थ्य परीक्षण गरिने
छुटाउनुभयो कि ?
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी
जंगली च्याउ खाँदा रोल्पामा एकको मृत्यु, तीन जना बिरामी
खाडी क्षेत्रमा अवस्था अनुकूल नभएपछि साम्बाले न्यूजील्याण्डमा गरिन् घुँडाको शल्यक्रिया
दिपायल बिमानस्थल पुनः सञ्चालनमा

ट्वान्टीफोर नेपाल मिडिया प्रा. लि

  • ठेगाना : काठमाडौं महानगरपालिका, काठमाडौँ
  • फोन : +977-9851232670
  • ई-मेल : khabar24nepal2075@gmail.com

सूचना विभाग दर्ता नं :2341/077/078.

  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ विकास
  • अन्तर्राष्ट्रिय
  • विचार
  • मनोरन्जन
  • प्रवास
  • खेलकुद
  • पत्रपत्रिका
  • अध्यक्ष: सन्तोष अर्याल
  • सह सम्पादक: बिमलराज डाँगी
  • कार्यकारी सम्पादक: दिपा अधिकारी
  • हाम्रो टिम
  • हाम्रो बारे
  • विज्ञापन बारे
© khabar24nepal.com सर्वाधिकार सुरक्षित
Powered By : TopLine Technology