कार्तिक १२, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १६१५ जना कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौँमा १३३८, भक्तपुरमा ९७ र ललितपुर १८० गरी १६१५ जनामा संक्रमण पुष्टि भएको हो ।
थप २ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ जना पुगेको छ ।