कार्तिक १०, मोरङ । मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयालाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार बिहान मेयर बगडीयालाई संक्रमण पुष्टि भएको हो ।
सामान्य जिउ दुख्ने र खोकी लाग्ने समस्या देखिएपछि आइतबार बगडीयाले प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वाब परिक्षण गराएका थिए । सोमबार पोजेटिभ रिपोर्ट आएको हो । कोरोना पुष्टी भएपछि उनी होम आईसोलेसनमा बसेका छन् ।