• २०८३ भाद्र १४ गते आइतवार

किसानलाई मल नदिदा किसान आक्रोशित, सहकारीकि अध्यक्षले ढोगिन कृषकका खुट्टा

खगेन्द्र अवस्थी पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ७, कैलाली । कैलालीको घोडाघोडिमा रहेको नकरोड सहकारी संस्थामा रसायनिक मल आएपछि मल लिन हजारौ कृषक लाईन बसिरहेका छन। कोरोना कहर चलिरहेको बेला सहकारीमा रसायनिक मल नआउदा जनता सास्ती भोगिरहेका छन ।

लाइनमा बसिरहेका एक कृषक भन्छन मल नभए पछि धान गहुँ कसरी लगाउने भनेर चिन्तित हुन्छौ, आजको मात्र समस्या नभै पहिलैबाट यो समस्या झेल्दै आइरहेका छौ अब पनि हामिलाई कति दुःख दिन्छस सरकार भन्दै उहाले दुखेसो ब्यक्त गरे । त्यसैगरि सहकारीका अध्यक्षले भने केहि ब्यक्तिलाई कुपन आफुले बाँडेकी छिन र अहिले हामिले बुझ्न खोज्दा कतिखेर बाड्यौ हामिले बाड्यकै छैनौ भनेर ढाट्न समेत बाध्य हुनुपरेको छ ।

No description available.

माहामारी पनि बढेको छ र अहिले गर्मि पनि रहिरहेको छ कृषक अत्तालिन थालेपछि अध्यक्षले पाँच जना कृषकका खुट्टा समेत ढोग्नुपरेको छ । कृषकलाई मल नदिएरै सहकारीले सटर बन्द गर्दा किसान चिन्तित हुनुपरेको छ । एकातिर बिहानै चार बजेबाट लाइनमा बस्नु परेको पिडा छ भने अर्कोतिर मल नदिएरै सहकारीले सटर बन्द गर्दा किसान चिन्तित हुनुपरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस