कार्तिक ६, काठमाडौँ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५५२ जना कोरोना भाइरस पुष्टि भएको छ । काठमाडौँमा १२८३, भक्तपुरमा ११२ र ललितपुर १५७ गरी १५५२ जनामा संक्रमण पुष्टि भएको हो ।
थप ३६ सय ३७ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ४८ हजार ९ सय ९ जना पुगेको छ ।