• २०८३ जेष्ठ ६ गते बुधवार

गजल !”पुँजि तन्त्रमा जता पनि घम्मसान भएकैछ”

सुरेशकुमार पान्डे पढ्न लाग्ने समय : १ मिनेट

पुँजि तन्त्रमा जता पनि घम्मसान भएकैछ,
भाई भाई पिटा पिट गर्ने प्रावधान भएकैछ।

बिर्शेर आमा को कोख अनि हुर्केको काख,
एउटै शन्तानभित्र पनि हाना हान भएकैछ।

त्यही माथि संघियता नै भित्रायो दुश्मन ले,
गृहकल समाज भित्र जाना जान भएकैछ।

नेताहरुले पाँचतारे बाट बक्तब्य जारी गर्दा,
भन्छन देश सुच्जरलैण्ड जापान भएकैछ।

अंग्रेजले पनि त धनको कुम्लो बोकेर धायो,
साम्राज्यवादी एम सिसि मेहरवान भएकैछ।

जब बिस्वमै पुँजिनिवेशको खुल्ला छुटभयो,
साम्राज्यवाद नि देशको कदरदान भएकैछ।

Sharing

प्रतिक्रिया दिनुहोस