कार्तिक ३ ,काठमाडौं । काठमाडौं मेडिकल कलेजबाट तेस्रो तलाबाट हाम्फालेका एक युवाको मृत्यु भएको छ । सोमबार बिहान ८ ४५ मा अस्पतालको तेस्रो तलाबाट हाम्फालेका २६ वर्षीय रोशन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।उनी आइतबार साँझ अस्पताल भर्ना भएका थिए। उनको मानसिक सन्तुलन ठिक थिएन ।



सोलुखुम्बुको जुगु गाउँपालिकाका ती युवा बानेश्वरमा बस्थे। उनले आफ्नो शरीरमा आगो लगाउने प्रयास गरेका थिए ।आगोले हातखुट्टा पोलेपछि उपचारका लागि उनलाई केएमसीमा ल्याइएको थियो । कुरुवा बसेकी आमा औषधी किन्न गएका बखत उनी झ्यालबाट हाम्फालेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ । हाम्फाल्दा गम्भीर घाइते भएका उनलाई उपचार गरिए पनि केही समयमै मृत्यु भएको प्रहरीले जनाएको छ ।