फाल्गुन ६, काठमाडौँ । काठमाडौँ शङ्करापुर नगरपालिका ६ को धोला टोलमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मङ्गलबार राति ना १ क ४५६४ नम्बरको टिप्परले ठक्कर दिँदा घाइते भएका स्थानीय बासिन्दा प्रविण श्रेष्ठको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।