कार्तिक २, काठमाडौँ । आज सुन मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सयले घटेर प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९४ हजार २ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै प्रतितोला १२ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।