असाेज ३०, काठमाडाैं । विश्वमा कोरोनाभाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ११ लाख नाघेकाे छ । शुक्रबार बिहानसम्म काेराेनाभाइरसका कारण मृत्यु हुनेकाे संख्या ११ लाख २ हजार ८४४ पुगेकाे छ । अहिलेसम्म ३ कराेड ९१ लाख ५८ हजार २०९ पुगेकाे वर्ल्डो मिटर्सले जनाएकाे छ । कुल सङ्क्रमितमध्ये दुई कराेड ९३ लाख ७६ हजार बढी उपचारपछि घर फर्किएका छन् ।

पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर ३ लाख ९८ हजार बढी नयाँ संक्रमित भेटिएका छन् भने ६ हजार १ सय १० जनाकाे मृत्यु भएकाे छ ।