काठमाडौं, ३१ साउन आज बसेको पाँच दलीय गठबन्धनको बैठकले संक्रमणकालिन न्यायसम्बन्धी विधेयक संसोधन गर्ने निर्णय गरेको छ । दलका शीर्ष नेता सम्लग्न बैठकमा सत्य निरुपण तथा मेलिमलाप आयोग (टीआरसी) वधिेयकका सम्बन्धमा वृहत् छलफल गरी यससँग प्रत्यक्ष अप्रत्यक्ष संलग्न सरोकारवाला, मानवअधिकारकर्मी, विभिन्न तह र तप्का तथा पीडितलगायत व्यक्ति तथा संघ संस्थाहरूले दिएका सरसल्लाह र सुझावलाई गहन रुपमा गठवन्धनले लिनुका अतिरिक्त यसबारेमा समीक्षा र विश्लेषण गर्दै शान्ति तथा मेलमिलापलाई टुंगाउन टीआरसी विधेयकलाई अगाडि बढाउने सहमति भएको छ ।चितवनबाट जुवातास खेलिरहेको अवस्थामा २८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीबाट जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ घर भएका २६ वर्षीय निमा शेर्पाको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिउको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६० हजार १५० रुपैयाँ सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौंको नागार्जुन नगरपालिका–२ सानोभ¥याङबाट जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
धनकुटा घर भएकी ५१ वर्षीया शुशिला लिम्बुको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई १ लाख १५ हजार रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
चितवनको भरतपुर महानगरपालिका–२२ कुमिया घोल बस्ने ४५ वर्षीय बिष्णु राज महतोको घरमा तास खेलिरहेको अवस्थामा ६ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४२ हजार ५ सय रुपैयाँ र १५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।