• २०८३ जेष्ठ ६ गते बुधवार

वडाध्यक्षको निधनको शोकमा महानगरपालिका बन्द

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

आश्विन २६, चितवन । कोरोना संक्रमणबाट वडाध्यक्षको निधन भएपछि भरतपुर महानगरपालिका र मातहतका कार्यालय आज एक दिनका लागि बन्द गरिएको छ । महानगरकी मेयर रेनु दाहालले एक विज्ञप्ती जारी गर्दै भरतपुर–२० का वडाध्यक्ष मणिलाल तामाङको निधनमा दुःख ब्यक्त गरेकी छिन् ।

विज्ञप्तीमा शोक मनाउन एक दिन महानगरपालिका र त्यस मातहतका सबै कार्यालय बन्द रहने उल्लेख छ । वडाध्यक्ष तामाङको कोरोना संक्रमणबाट आइतबार विहान ११ः३० बजे निधन भएको थियो । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष तामाङ चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो जनप्रतिनिधि हुन् । उनलाई असोज १६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस