• २०८३ बैशाख २९ गते मङ्गलवार

नर्सलाई बेलायत पठाउने मोडालिटी मार्चसम्म बनिसक्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ९,काठमाडौं । जीटूजी प्रकियामार्फत् नर्सलाई बेलायत पठाउने मोडालिटी आगामी मार्चसम्ममा बनिसक्ने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार बेलायत सरकारसँग श्रम सम्झौता गरी नेपाली नर्स पठाउने प्रक्रिया अघि बढाइरहेको छ ।

बेलायतले आफ्नो देशमा नेपाली हेल्थ प्रोफेस्नलस् लैजाने प्रस्ताव अघि बढाएपछि तीन महिना अघिदेखि मन्त्रालयले त्यसका लागि प्रक्रिया सुरु गरेको थियो । यसबीचमा सरकार विभिन्न चरणमा छलफल गरी श्रम सम्झौताअनुसार जनशक्ति पठाउने मोडालिटी बनाउन लागिरहेको हो ।

सो मोडालिटीको ड्राफ्ट बनाइ छलफलको क्रममा रहेको बताइएको छ । मोडालिटीबारे विस्तृत छलफल गरी मार्चसम्म अन्तिम रुप दिइने मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखाले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस