• २०८३ असोज २५ गते आइतवार

सुदूरपश्चिम प्रदेश सभामा दोश्रो पटक बजेट प्रस्तुत

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज २५, धनगढी । सुदूरपश्चिम प्रदेश सभामा एकै आर्थिक बर्षमा दोश्रो पटक बजेट प्रस्तुत भएको छ । यस अघि निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले प्रदेश सभामा असार १ गते बजेट विनियोजन गरेपनि शत्तारुढ दल नेकपा एमालेले विचैमा समर्थन फिर्ता लगेपछि असफल भएको थियो । एमालेकै समर्थनमा साउन २९ गते नेकपा संसदीय दलका नेता खगराज भट्ट नेतृत्वमा नयाँ सरकार बनेको थियो । सो सरकार बनेको तनि महिना पछि आइतबार प्रदेश सभाको दोश्रे पटक बजेट प्रस्तुत गरिएको हो ।

प्रदेश सरकारका आर्थिक मामिला मन्त्री चक्रमल्ले चालु आर्थिक बर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ४९ लाख ६७ हजार बराबरको बजेट आइतबार प्रदेश सभामा पेश गरेका हुन् । उनले प्रस्तुत गरेको बजेटमा आन्तरिक परिचालन तर्फ १ अर्ब ७२ करोड, नेपाल सरकारबाट राजस्व डाडफाडबाट १० अर्ब २४ करोड ९१ लाख ६६ हजार ।

संघिय रोयल्टि बाँडफाडबाट प्राप्त हुने ७ करोड । नेपाल सरकाबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदान ९ अर्ब ६ करोड ३३ लाख । अघिल्लो आर्थिक बर्षको विनियोजनबाट वचत हुने रमक ९ अर्ब ६५ करोड । सशर्त अनुदानबाट प्राप्त हुने रकम ६ अर्ब ३ करोड ५८ लाख । संघिय समपुरक अनुदानबाट प्राप्त हुने रकम अनुमानित रकम ३८ करोड ८० लाख र विशेष अनुदानबाट अनुमानित रकम ५२ करोड ७६ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

चालु अािर्थक बर्षको बजेटमा प्रदेश सरकारले कृषि, रैथानेवाली संरक्षण, जलवायु परिवर्तनबाट हुने असर न्युनीकरण कार्यक्रम, भौतिक पूर्वाधार विस्ता लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ । सरकारले धार्मिक तथा पर्यटकिय क्षेत्र वडीमालिका, खप्तड लगायत क्षेत्रमा सडक पूर्वाधार, विद्युत विस्तार, केवलकार निर्माण गर्ने लगायतका योजना अघि सारको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस