• २०८३ बैशाख १६ गते बुधवार

अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असाेज १६, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार ट्वीटरमार्फत आफूहरूलाई कोरोना पोजेटिभ आएको जानकारी दिएका छन् । चुनावी प्रचार प्रसारमा व्यस्त ट्रम्प र संक्रमण देखिएको होप टेलिभिजन डिबेटका लागि सँगै एयर फोर्स वनबाट यात्रा गरेका थिए ।

अमेरिकामा अहिलेसम्म विश्वकै सबैभन्दा धेरै ७४ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये १ लाख १२ हजारको ज्यान गएको छ भने ४७ लाख ३६ हजार उपचारपछि निको भएका वल्ड्रोमिटरले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस