असोज १२, सिन्धुपाल्चोक। आफ्नै गाउँका एक जनाको ह’त्या गरि फरार भएका लिशङ्खुपाखर गाँउपालिका–७ का एकजना ३४ वर्षपछि पक्राउ परेका छन् । फुर्पा तामाङले विसं २०४३ असोज २० गते दशैंको सामान किन्न डाँडापाखर बजार आएका २४ वर्षीया जोगलाल तामाङको हत्या गरिफरार भएका थिए ।
फुर्पाले बाटो ढुकी लाठी तथा खुकुरी प्रहार गरि हत्या गरेका थिए । ह’त्या गरि फरार रहेका उनलाई जिल्ला अदालत चौताराले दोषी ठकर गरि सजाय तोकेको थियो । सजाय तोकेको ३४ वर्षपछि जिल्ला प्रहरी कार्यालय, चौतारा र प्रहरी चौकी, लामोसाँघुबाट खटएिको टोलीले आज पक्राउ गरेको प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताउनुभयो ।य तोकेको ३४ वर्षपछि जिल्ला प्रहरी कार्यालय, चौतारा र प्रहरी चौकी, लामोसाँघुबाट खटएिको टोलीले आज पक्राउ गरेको प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताउनुभयो ।
यो पनि : नेपाली काँग्रेसको असन्तुष्ट पक्षले पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो बुझाउने भनेको विरोधपत्र आज बुझाउने भएको छ ।
असन्तुष्ट पक्षकै नेताहरुका बीचमा छलफल र केही तयारी नपुगेकाले हिजो बुझाउन नसकिएको र आज बुझाउन लागेको नेताहरुले बताएका छन् ।पार्टीको संस्थापन पक्षले विधान विपरित एकलौटी निर्णय गरेको भन्दै त्यसलाई सच्याउन एक हप्ते म्याद दिदै उनीहरुले ज्ञापन पत्र बुझाउन लागेका हुन् ।
बरिष्ठ नेता रामचन्द्र पौडेलसहित संस्थापन इतर समूहले बुझाउन लागेको ज्ञापनपत्रमा तोकिएको म्याद भित्र निर्णय नसच्चिए धर्ना, अनशनसहितका विभिन्न आन्दोलन तथा दवावमुलक कार्यक्रमहरु गर्ने उल्लेख गरिएको छ ।
सभापति शेरबहादुर देउवाले तोकिएको म्याद भित्र नसच्याए थप दवावमुलक कार्यक्रमहरु गर्ने तयारी पनि असन्तुष्ट पक्षले गरेको छ ।
यो पनि :
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कर नतिरेको आरोप लागेको छ ।
राष्ट्रपति ट्रम्पले सन् २०१६ मा आयकर स्वरुप ७ सय ५० डलर मात्रै तिरेको द न्यूयोर्क टाइम्सले जनाएको छ ।
घाटाका कारण ट्रम्पले यो १० वर्षको अवधिमा ८ पटक कर तिर्नु नपरेको तथ्य बाहिर आएको छ । ट्रम्पको कम्पनीले नोक्सान भएको रिपोर्ट बनाएर कर छली गरेको दाबी गरिएको छ ।
उहाँले सन् १९८५ देखि १९९४ को बीचमा क्यासिनो र रियल इस्टेटको व्यापारमा १ अर्ब १७ करोड डलर घाटा भएको बताउनुभएको थियो ।
राष्ट्रपति ट्रम्पले भने कर नतिरेको सम्बन्धी समाचार गलत भएको भन्दै खबरको खण्डन गर्नुभएको छ ।
आफूले कर तिर्दै आएको उहाँको दाबी छ । सन् २०१६ मा राष्ट्रपति बनेपछि ट्रम्पका छोराले कारोबार सम्हाल्दै आउनुभएको छ ।