फागुन ३, काठमाडौँ। प्रधानमन्त्री केपी ओलीले मुलुकलाई अस्थिरताको बाटोबाट जोगाउन प्रतिनिधिसभा विघटन गरिएको पुनः दोहोर्याउनुभएको छ । प्रधानमन्त्रीका तीनवर्षे कार्यकालको समीक्षाका लागि सिंहदरबारमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रको मुलमन्त्र नै निर्वाचन भएकाले निर्वाचनमा जानु नै वर्तमान समयको सवैभन्दा उत्तम उपाय भएको बताउनुभयो ।
जनताभन्दा माथि कोही नरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जनताको फैसलालाई आफुलाई मान्य हुने बताउनुभयो । जनताको जनमत लिनु लोकतान्त्रीक पद्धति रहेको उल्लेख गर्दै निर्वाचन हुँदै भनि विश्लेषण गर्ने पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपाललाई राजनीति गर्नुहुन्छ कि ज्योतिसशास्त्र गर्नुहुन्छ रु भनि प्रश्न गर्नुभयो । आगामी बैशाखमा चुनाव हुनेमा ढुक्क हुन आग्रह गर्दै माधव–प्रचण्डलाई कुतर्क गरी जनतामा भ्रम नछर्न आग्रह समेत गर्नुभयो ।