• २०८३ असार ७ गते आइतवार

विमानस्थलमा अवैधरुपमा संकलन गरी लैजान लागेको सुन सहित एक प्रकाउ

पढ्न लाग्ने समय : १ मिनेट

चैत १०, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ् एरियाबाट अवैधरुपमा संकलन गरी लैजान लागेको सुन सहित एक प्रकाउ परेका छन । १२ लाख ८९ हजार ३ सय २२ रुपैयाँ मूल्य बराबरको २ सय ४९ ग्राम सुनका ५ थान बाला सहित काठमाडौं महानगरपालिका ३१ बस्ने फहिमुदीन मिँयालाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा अबैध रुपमा सुन संकलन गरिरहेको अवस्थामा उनलाई उक्त परिमाणको सुन सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।मिँयालाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि बरामद सुन सहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस