जेठ २३, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बजेटमा बिचौलिया प्रवेश भएको भन्दै छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा उनले बजेटको बिचौलियामा को को संलग्न छन् भनेर छानबीनका लागि समिति गठन गर्न माग गरेका हुन् ।

उनले भने, ‘बजेटमा बिचौलिया प्रवेश भएको छ । यो बिचौलियामा अर्थमन्त्रीलाई को कस्ले निर्देशन दिनुभयो ? पार्टीका को को नेता संलग्न छन् ? प्रधानमन्त्रीको कति संलग्नता छ ? यो सबै विषय छानबीन हुनुपर्छ । त्यसको लागि संसदीय समिति गठन गर्नु पर्छ ।’ उनले ठूला भ्रष्टाचारीलाई मृत्युदण्डको कानुन बनाएमा मात्र बजेटमा बिचौलिया प्रवेश रोकिने टिप्पणी गरे ।